के कस्तो अवस्थामा मतपत्र बदर हुन सक्छ ? यी हुन् मतपत्र बदर हुने सात अवस्था

४ मंसिर २०७९, आईतवार ०६:४६

आज (आइतबार) मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार देशैभर निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भएको छ ।

मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा निर्वाचन आयोगले आम निर्वाचनका क्रममा विशेष जोड दिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।

मतपत्र बदर हुन सक्ने सात अवस्था

१. दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।

२. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा

३. स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा

४. मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा

५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा

६. मतपत्र च्यातिएमा

७. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा