एमाले उम्मेदवारका छोरा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा पक्राउ

३ मंसिर २०७९, शनिबार १९:२१

एमाले उम्मेदवारका छोरा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पक्राउ परेका छन् ।

एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित पक्राउ गरेको हो ।

स्थानीय दीपक न्यौपानेले दिएको जानकारी अनुसार उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको हो । उनीहरूले बाँकी पैसा प्रहरीको गस्ती टोलीलाई देखेपछि भीरमा फालेको न्यौपानेले बताएका छन् ।

एक प्रहरीका अनुसार उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको हो।