चितवन पुगे प्रचण्ड

३ मंसिर २०७९, शनिबार १८:४१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । अध्यक्ष प्रचण्ड आइतबार हुने आम निर्वाचनमा मत हाल्न चितवन पुगेका हुन् । प्रचण्ड शनिबार अपरान्ह भरतपुर विमानस्थलमा अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले चितवनको निर्वाचन क्षेत्र नम्बर ३ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् ।