मौन अवधिमा चुनाव प्रसार गरेको आरोेपमा पर्साबाट दुई जना पक्राउ

३ मंसिर २०७९, शनिबार १८:३५

पर्साबाट प्रहरीले दुई जनालाई मौन अवधिमा चुनाव प्रसार गरेको आरोेपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सवारी चालक सुरज साह रहेका छन् । शनिबार दिउँसो बा १४ च ४७ ४८ नम्बरको गाडीलाई पर्सा–४ मा पर्ने कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले चेकजाँच गरेको थियो ।

सेनाको टोलीले चेकजाँच गर्ने क्रममा गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद गर्नुका साथै उनीहरूलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले दिएको जानकारी अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।