मौन अवधिमा पैसा बाँडेको आरोपमा एमालेका तीन नेता पक्राउ,ती नेताहरु को को हुन् ?

२ मंसिर २०७९, शुक्रबार २१:२०

काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले निरौलासहित ३ जनालाई पक्राउ गरिएको बताए ।

बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोलले मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ ।

हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । एमाले नेता ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छन् ।