देशमा शासन व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा भने अझैं परिवर्तन भएन: यादव

२ मंसिर २०७९, शुक्रबार ११:४८

उत्पीडित समुदाय र क्षेत्रमाथि भएको विभेद्, भेदभाव र आसमानता विरुद्धको संघर्ष जारी रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

जसपा–एमालेले सप्तरीको राजविराजमा बिहिबार आयोजना गरेको संयुक्त विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन । उनले भने ‘देशमा शासन व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा भने अझैं परिवर्तन आउन सकेको छैन् । देशमा चरम गरिबी, बेरोजगारी लगायतका समस्या जस्ताको त्यस्तै छन्, जातजाति र भुगोलको आधारमा भएको असमान्तालाई अन्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि विभेद् र भेद्भावबाट जनता मुक्त हुनुपर्छ ।’

देशमा शासन व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा भने अझैं परिवर्तन आउन नसकेको उनले बताए । देशमा चरम गरिबी, बेरोजगारी लगायतका समस्या जस्ताको त्यस्तै रहेको साथै जातजाति र भुगोलको आधारमा भने असमान्तालाई अन्त गर्दै समृद्ध राष्ट्र निर्माणका लागि विभेद् र भेद्भावबाट जनता मुक्त हुनुपर्ने पनि अध्यक्ष यादवले जोड दिए ।

देशमा व्याप्त महंगी र बेरोजगारी समस्यालाई समाधानका लागि उद्योगधन्दा र कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिदै अध्यक्ष यादवले सप्तरीमा यसको आधार प्रारम्भ भईसकेकोले पूर्णता पाउन साथ जिल्लाका हजारौं युवाहरुले रोजगारी पाउने बताए ।

उनले ती सबैखाले विभेद अन्त्यका लागि अझैं सङ्घर्षको आवश्यक रहेको बताए । ‘जनसङ्ख्याको आधारमा मधेशीको सहभागिता कम रहेको, नागरिकता सम्बन्धि समस्या अझैं कायमै छ’ उनले भने ।

यसैगरी, कार्यक्रममा नेकपा एमालेका पोलिटब्यरो सदस्य सुमनराज प्याकुरेलले सप्तरी–२ मा नेकपा एमाले–जसपाका साझा उम्मेदवारहरु भारी मतले विजयी हुने दावी गरे । सत्ता गठबन्धनका उम्मेदवार र जनमत पार्टीका अध्यक्षलाई कटाक्ष गर्दै नेता प्याकुरेलले व्यापारी र बैज्ञानिकले जनताको हकमा काम गर्न नसक्ने बताए ।

उनले जनताको लागि संघर्ष गरेका व्यक्तिले मात्र जनताको हकअधिकारका लागि काम गर्ने बताए । जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादव र एमाले सप्तरीका कार्यबाहक अध्यक्ष मो। मजिद साकिरको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका प्रवक्ता मनिष सुमन, जसपा नेतृ राष्ट्रियसभा सदस्य प्रमिला यादव, एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) का उम्मेदवार शैलेन्द्र प्रसाद साह, (ख) का उम्मेदवार लक्ष्मण यादव लगायतले सम्बोधन गरेका थिए ।

अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका छन् ।