गल्मी क्षेत्र नं. १ मा चन्द्र भण्डारीले जित्ने सम्भावना, क्षेत्र २ मा कडा प्रतिस्पर्धा हुदै

३० कार्तिक २०७९, बुधबार १८:२६

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैं जाँदा गुल्मीमा चुनावी राप ताप बढ्दै गएको छ ।

२ वटा क्षेत्र रहेको गुल्मीमा क्षेत्र नं. १ मा एमाले सचिव प्रदिप कुमार ज्ञवाली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हुने भएको देखिएको छ । यस्तै क्षेत्र नं. २ मा एमाले सचिव गोकर्ण विष्ट र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पूर्व शहरी विकास मन्त्री रामकुमारी झाक्री बीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघिको निर्वाचनमा दुवै क्षेत्रबाट एमालले जित्दै आएको क्षेत्र हुन् । तर यसपालिको निर्वाचनमा भने निकै चुनौती हुने सम्भावना देखिएको छ । किनभने यो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनामोर्चा (राजमो) र लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) को गठबन्धन रहेको छ भने नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टी बीच गबन्धन भएपनि गुल्मीमा एमाले एक्लो बनेको छ ।

मंसिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै गरेको तर अहिलेसम्म पनि लिलिङमा सडकको समस्या भने समाधान हुन नसकेको स्थानीय मतादाताले बताएका छन्। वडादेखि केन्द्र तहका नेताले पटक–पटक आश्वासन दिएको तर कहिल्यै पूरा नभएको स्थानीयवासीहरुले बताए । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको उनीहरुको रहेकोे गुनासो छ।

स्थानीयवासीहरुको जन गुनासो अनुसार यो निर्वाचनमा उनीहरुले गठबन्धनका उम्मेदवारहरुलाई भोट दिने मनोस्थिति बनाएकोे देखिन्छ। यस्तै छत्रकोट गाउँपालिकामा विकास निर्माण गर्नुपर्ने धेरै काम रहेको त्यहाँका स्थानीयहरुले बताए । त्यस क्षेत्रमा शिक्ष, स्वास्थ्य, खानेपानी सडक निर्माण नहुदा त्यहाँका स्थानीयहरुको समस्या कर्णालीका जनताको भन्दा कम नभएको स्थानीयहरुले बताए ।

विगतका निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भोट हालेको तर यसपालिको निर्वाचनमा कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीलाई भोट दिने बताउदै प्रदिप ज्ञवालीले चुनाव जितेर पनि त्यस क्षेत्रमा खासै उपलब्धीमूलक काम नभएको हुँदा यसपालि भण्डारीलाई भोट दिने बताए । साथै उनीहरुले भण्डारीबाट केही हुन्छ भन्ने झिनो आशा रहेकोे बताए ।