भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गर्छन्: कमल भुसाल

२९ कार्तिक २०७९, मंगलवार १३:२७

अर्घाखाँचीबाट प्रदेश ख का लागि गठबन्धनका तर्फबाट सझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कमल भुसालले पैसा दिएर भोट माग्नेले बिकास नगर्ने बताएका छन् ।

आफ्ना प्रतिस्पर्धीहरुले भोट हाल्न पैसा बाड्ने र प्रलोभन देखाउने गरेको पाइएकोले जनता आफै सचेत हुनुपर्ने भन्दै नेता भुसालाले उनिहरुले बिकास नभइ बिनास गर्ने बताएका हुन्। उनले भने, “भोट हाल्न पैसा बाढ्नु भनेको ब्यापारमा लगानी गर्नु जस्तै हो, लगानी गरेपछी दोहोरो प्रतिफल लिन खोज्छ । त्यस्ताले बिकास गर्दैन।”

एक हजार दिएर भोट किन्नेले भोलि तपाईं हाम्रै करको रकम भ्रष्टाचार गरेर ५ हजार बढी असुल गर्ने भन्दै भुसालले भोटको मोल गर्ने संग जनता सचेत हुनुपर्ने बताए ।