विपक्षी गठबन्धनले देशलाई निरुकुशता तिर फर्काउन चाहेका छन्: प्रचण्ड

२९ कार्तिक २०७९, मंगलवार १२:५१

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान मिच्ने, लोकतन्त्रमाथि प्रहार गर्ने, महिला, दलित, आदिवासी जनजाती, गरिब, मजदुर किसानले पाएको अधिकार खोस्ने दुष साहस गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

सोमबार तनहुँमा चुनावी सभालाई सम्बोधन गर्दे ओली नेतृत्वको सरकारले संविधान च्यातेर लोकतन्त्रमाथि प्रहार गर्ने, महिला, दलित, आदिवासी जनजाती, गरिब, मजदुर किसानले पाएको अधिकार खोस्ने दुष साहस गरेकाले त्यसको विरोधमा संघर्ष गर्न अनिवार्य भएको प्रचण्डले बताए। सडक, बुद्धिजीवी, न्याय, पत्रकारिता र सबै क्षेत्रबाट प्रतिवाद गरेपछि अदालतले प्रतिनिधी सभा पुनःस्थापना गरिदिएको पनि उनले बताए । ।

अदालतले प्रतिनिधी सभा पुनःस्थापना गरिदिएपछि गठबन्धनको सरकार बनेको र त्यही सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र अब प्रदेश र प्रतिनिधी सभाको निर्वाचन पनि गर्ने तयारी गरीरहेको उनले बताए । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सामान्य नभई ऐतिहासिक जनमत संग्रह जस्तै गरी यो निर्वाचन हुन लागेको समेत बताए ।

त्यस्तै सत्ता गठबन्धन संविधानको रक्षा, स्थिरता र विकासको लागि भएको र अर्काे विपक्षी गठबन्धन राजावादीहरुको र देशको एकता खलबल पार्नेहरुको र नेपालको संविधान च्यातेर निरुकुशता तिर फर्काउन चाहनेहरु बीच निर्वाचन हुन लागेको प्रचण्डले बताए ।