कम्बोडियाका प्रधानमन्त्री हुन सेनले मंगलबार आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।
सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका थिए । यसअघि कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गरेका थिए ।
फेसबुकमा एक पोष्ट शेयर गर्दै कम्बोडियाली नेताले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् ।
सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकमा सहभागी नहुने बताए ।
आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू (आसियान) शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो । यहाँ सेनले धेरै नेताहरूलाई भेटेका थिए । एजेन्सी
