मतदाताबाट घरदैलो अभियानका क्रममा अपार माया पाँए: माधव सापकोटा

२९ कार्तिक २०७९, मंगलवार ०९:४४

गठबन्धनलाई अझै कसिलो बनाउन आफू लागिपरेको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले बताएका छन्।

आफू निर्वाचित भएपछिको ५ वर्षमा पाँच मिनेटपनि विश्राम नगरि साझा प्रतिनिधिको रुपमा सेवक भएर काम गर्ने उनले संकल्प समेत गरेका छन्।
मतदाताबाट घरदैलो अभियानका क्रममा अपार माया kfPsf] / आफू थप उत्साहित भएको सापकोटाले बताए। कांग्रेस नेता मोहन बस्नेतको घरमा चुनावी अभियानका क्रममा सापकोटा बास समेत बसेका थिए।

नेता कार्यकर्तालाई व्यवस्थित परिचालनका लागि आफूहरु लागिपरेको संचारकर्मीसँग कुराकानी गर्दै सापकोटाले बताए। ‘नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिनुभएको छ, जितेर गएपछि आफूहरुलाई नविर्सन आग्रह गर्नुभएको छ, सापकोटाले भने, .’