अब अर्को प्रयोग हुँदैन, यही गठबन्धन २० वर्षसम्म निरन्तर रहन्छ: प्रचण्ड

२८ कार्तिक २०७९, सोमबार १७:१४

सत्ता गठबन्धन २० वर्षसम्म निरन्तर रहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन् ।

प्रचण्डले लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै कतिपयले निर्वाचनपछि गठबन्धन के हुन्छ, नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै कम्तिमा १५ /२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताएका हुन् ।

प्रचण्डले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन’।

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन, यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।

देशका विभिन्न ठाउमा भएको चुनावी सभामा आफू र नेपाली कांग्रेसका सभापति एवम्् प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए ।