अर्घामा बन्न लागेको अर्घा भगवती विमानस्थलको निर्माणका लागि गठबन्धनको सरकार बनेपछि १० करोड विनियोजन गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पुष्पा भुसालले बताइकी छिन्।
नेतृ भुसालले सन्धिखर्क नगरपालिकाको वडा नं. ९ र १० अर्घा धरमपानीमा भएको चुनावी सभामा सम्बोबन गर्दै निर्माण हुन लागेको विमानस्थलको काम अगाडि बढाएका छौँ, निर्वाचन पछि बन्ने गठबन्धनको सरकारले निर्माणाधिन विमानस्थलको काम सम्पन्न गर्ने बताईन । नेतृ भुसालले भनिन्, १० करोडबाट टेण्डर अगाडि बढेको अब काम सुरू हुन्छ,।
अर्घामा एयरपोर्ट निर्माणपछि गाउँमै स्वरोजगार हुने, जिल्लाका यात्रुलाई काठमाडौं पुग्न सहज हुने भएकोले गठबन्धनको सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत उनले जनाईन ।
५ वर्षमा अर्घाखाँचीको मुहार परिवर्तन गर्नुपर्छ, नेतृ भुसालले भनिन् गाउँमा हुने हरेक विकासको लाभ सबै जनताले घरघरमा पाउँनुपर्छ, सबै जनता समृद्ध बन्नुपर्छ ।
अर्घाखाँचीको विकास र समृद्धिका लागि गठबन्धन दलले जित्नुपर्ने प्रदेश सभा (ख) का उम्मेदवार सागर केसीले बताए । उनले कृषि, स्वास्थ, शिक्षाको माध्यमबाट जनतालाई समृद्ध बनाउँन सक्ने भएकाले गठबन्धनको ध्यान समृद्ध जिल्ला बनाउनमा जाने बताए ।
