देउवाले गृहमन्त्री हुँदा १२२ जनाको गाली हानेर हत्या गरेको ओलीले गरे खुलासा

२७ कार्तिक २०७९, आईतवार १६:३६

नेकपा एमालेले के गर्‍यो भनेर गठबन्धनका नेताले सोधे उभिएकै ठाउँबाट कम्तिमा सय वटा उपलब्धीहरु बताउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले आइतबार कर्णाली प्रदेशको दैलेखमा एमाले चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका नेताले एमालेले के गर्‍यो भनेर सोधे सय वटा महान उपलब्धी एमालेले यो गर्‍यो यो गर्‍या भनेर बताउने उनले बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच पटक सम्म प्रधानमन्त्री हुँदा पनि एउटा राम्रो काम नगरेको अध्यक्ष ओलीले बताए । यस्तै देउवा गृहमन्त्री हुँदा आतंक मचाएको र नेकपा एमालेका मात्रै तीस हजार कार्यकर्ताहरुलाई सार्वजनिक अपराधलगायका मुद्दा लगाई सयौं नेता कार्यकर्तालाई थुनामा पारेको पनि उनले बताए ।

उनले गठबन्धनका नेताहरुलाई प्रश्न गर्दै भने, “म गठबन्धनका नेताहरुलाई सोध्न चाहन्छु राम्रो काम यो चाहिँ गरे भन्ने देखाउनुस्, प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्न चाहन्छु पाँच पल्ट प्रधानमन्त्री त हुनु भो एउटा काम के चाहिँ गर्नु भो प्रधानमन्त्री भएर तपाईँले गरेको काम प्रधानमन्त्री हुँदा गृहमन्त्री हुँदा आतंक मचाउनु भो नेकपा एमालेका मात्रै तीस हजार कार्यकर्ताहरुलाई सार्वजनिक अपराधलगायका मुद्दा लगाउनु भो सयौं नेता कार्यकर्ता थुनामा परे ।”

पञ्चायत ढालेर बहुदलीय व्यवस्था आएपछि पनि देउवा गृहमन्त्री भएको बेला आफू कम्तिमा पनि पचास पटक गिरफ्तार भएको ओलीले बताए । यस्तै देउवाले शान्तिपूर्ण दंगले कहि भेला भएको ठाँउमा, कहि विरोध प्रर्दशन भएको ठाँउमा, कहि घरभित्र बसिरहेको ठाँउमा र कहि साइकलमा हिडिरहेको ठाँउमा १२२ जनाको गाली हानेर हत्या गरेको पनि ओलीले उल्लेख गरे ।