आईसीसी विश्वकप क्रिकेटमा नेपालले पहिलो पटक आयोजना गर्ने मौका पाएको छ ।
नेपाल र बंगलादेशले संयुक्त रुपमा सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका हुन् । आइतबार २०२७ को यू–१९ महिला विश्वकप अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।
२०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको बोर्ड बैठकबाट आयोजकको टुङ्गो लगाएको छ । सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले आयोजना गर्ने भएका छन् । यस्तै श्रीलंकाले सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप तथा जिम्बावे र नामिबियाले २०२६ को यू–१९ पुरुष विश्वकप आयोजना गर्ने मौका पाएका हुन् ।
