स्वतन्त्र उम्मेदवारले दिए लालबाबु राउतलाई चुनौती

२७ कार्तिक २०७९, आईतवार ११:४७

आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जनता समाजवादी पार्टीका कार्यकारणी सदस्य एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई चुनौती दिने देखिएको छ ।

प्रदेश सभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ (ख) बाट एमाले–जसपाका साझा उम्मेदवार बनेका का राउत लागि स्वतन्त्र उम्मेदवारहरू चुनौती बनेका हुन् । राउत उम्मेदवार बनेको क्षेत्रबाट प्रदेश सभा सदस्यमा २० जनाले उम्मेदवारी दिएका ती मध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

जसपाबाट लालबाबु राउत, काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी, जनमत पार्टीबाट शिवप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टी, नेपालबाट अङ्कुश पटेल, राप्रपाबाट विनयप्रसाद झा, नेपाल लोकतान्त्रिक पार्टीबाट हरिन्द्रप्रसाद कुर्मी, नेपाल सुशासन पार्टीबाट मनौवर हुसेन

यस्तै स्वतन्त्र उम्मेदवार दिनेहरुमा कासिम मियाँ धोवी, श्यामप्रसाद गुप्ता, मुकेश साह सोनार, विशाल कुमार, रोगीन्द्र ठाकुर हजाम, जुनैद हुवारी, आफताब अहमद, शशीकपुर मियाँ, राकेश कुमार दुवे, रामरुप प्रसाद साह, पुन्देश्वर प्रसाद यादव र सन्तोष कुमार श्रेष्ठ रहेका छन् ।

मुख्यमन्त्री राउतलाई टक्कर दिनेमा ओमप्रकाश सर्राफ र शशी कपुर मियाँ रहेका छन् ।