नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बयलगाडा प्रवृत्ति विरुद्ध वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।
बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएको श्रेष्ठले बताए ।
शनिबार अछामको कमलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै उनले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटोमा देशलाई अघि बढाउने बताए ।
श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामको टुंगो लगाउने बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारको विमानस्थल संचालनमा ल्याउने पनि बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनले जितिसकेको र घोषणा हुन बाकी रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुई तिहाइ नजिकको सरकार बनेपछि बादरलाइ दौरा सुरवाल लगाएजस्तै खसखस भएर दुई पटक संविधान विघटन गरेको बताए ।
उनले सुर्य चिन्ह च्यातेर राजेन्द्र र कमल थापालाई दिएको बताए । नेपाली काग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशको आवश्यकताले गठबन्धन बनेको बताए। माओवादी केन्द्रका नेता दुश्मनी थियौं । तर समय फेरिएको छ । देशको लोकतन्त्र जोगाउन माओवादीसंग घाँटी जोडिएको उनले बताए । महरले प्राप्त राजनीतिक उपलब्धिको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । संविधान र लोकतन्त्रको रक्षाको लागि भिम रावलले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।
