चेतनामूलक अभियानमा मिस नेपालसँग काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएको छ ।
बुधबार महानगर प्रमुख बालेन साह र द हिडन ट्रेजरबीच सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी, हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो ।
हिडन ट्रेजरले पहिलोपटक मेयरमा निर्वाचित भएका बालेनलाई बधाई दिएको हो । निर्देशक कंसाकारले जानकारी दिए अनुसार महानगरले सञ्चालन गर्ने जनचेतनामूलक कार्यक्रममा मिस नेपालसँग सहकार्य गर्नेबारे छलफल भएको छ।
महानगरको सद्भावना दूतको रुपमा मिस नेपाललाई भविष्यमा नियुक्त गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो ।
