नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बौलाए जसरी जथाभाबी बोल्न र बर्बराउन थालेको अध्यक्ष नेपालले बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।
‘टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराएको के के उट्पट्याङ कुरा गर्छन्, के के बोले अहिलेसम्म ? के–के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’ उनले भने, । ओलीले बोलेका सबै कुराको संकलन निकाल्नुपर्ने अध्यक्ष नेपालले बताए ।
ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै ओलीमा पनि अध्यक्ष नेपालले रहेको बताए ।
