दाङबाट ३४ जना एमालेमा प्रवेश, एमालेमा प्रवेश गरेका उनीहरु को को हुन् त ?

२२ कार्तिक २०७९, मंगलवार ११:४२

घोराही–१४ जनमैत्री टोलका ३४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा (एमाले) को सरकारले आर्थिक समृद्धि हासिल गर्नुका साथै विपन्न, सुकुम्बासीहरूको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै सोमबार उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार सुकुम्बासी बस्तीका रूपमा चिनिएको उक्त टोलले आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका उनीहरुलाई नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका थिए ।

विगतमा अन्य पार्टीहरुमा भोट हालेको भए पनि आफूहरूको पहिलो समस्या जग्गाधनी लालपूर्जा पाउनु रहेको बताउँदै स्थानीय बासिन्दाले एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुम्बासी आयोग अहिलेको सरकारले विघठन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उनीहरू एमाले प्रवेश गरेका हुन््।

ताराप्रसाद बस्नेत, दिलबहादुर चलाउने, टीकाराम बस्नेत, खिमबहादुर नेपाली, गणेश वली, कमल वली, दीपक वली, दीपा वली, अनिता वली, दिया वली, कल्पना खड्का, जयकुमारी खड्का, मनराज खड्का, मोहन बिक, कमला बस्नेत, रुपधन बस्नेत, चुरण बस्नेत, सपना बस्नेत, कलम वली, स्मृति बस्नेत, शोभाराम नेपाली, हरिकला बस्नेत, पवित्रा चलाउने, प्रेमबहादुर बस्नेत, गौरी बस्नेत, केशरी बस्नेत, तिलसरी बुढा, कुम्भ बुढा, ओमप्रकाश बस्नेत, विवेक बुढा, चन्द्रबहादुर बस्नेत र शारदा बस्नेत एमालेमा प्रवेश गरेका हुन् ।