
आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।
“लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको संवृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।” कांग्रेसका प्रवक्ता डा. महतले भने ।
विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थालेको, प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाहेको आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले बताए ।
यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि उनले बताए । उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए । उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए ।
