राष्ट्रपति गौतम बुद्धको मूर्ति अनावरण गर्न मुस्ताङमा

१८ कार्तिक २०७९, शुक्रबार १०:३२

राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथमा रहेको गौतम बुद्धको मूर्ति अनावरण गर्न आज बिहान मुस्ताङ गएकी छन् ।

राष्ट्रपति भण्डारीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं.१ रानीपौवामा ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्ने कार्यक्रम रहेको छ । सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्तिलाई पनि उनले शिलान्यास गर्नेछिन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै मुक्तिनाथ मन्दिरको दर्शन गर्नका लागि गएकी थिइन् । बुद्ध मूर्ति अनावरण तथा विष्णु मूर्ति शिलान्यास समारोहमा मुक्तिनाथ दर्शन गरेपछि उनी सहभागी भएकी थिइन्।