त्रिपुरेश्वरको महादेव मन्दिर दर्शन गर्नका लागि त्रिपुरेश्वरको मन्दिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।
ओली त्रिपुरेश्वरको मन्दिरमा काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा गएको उनको सचिवालयले जनाएको छ । पौडेल निकट एक कार्यकर्ताका अनुसार काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा पौडेलले बनाएको र किरणकै योजना अनुसार ओली त्रिपुरेश्वर पुगेका हुन् ।
