बहुचर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी र चर्चित गायिका स्मृति दाहालको आवाजमा नेकपा माओवदी केन्द्रको चुनावी गीत “अघिअघि प्रचण्ड” नामक गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द तथा संगीत इ.एन.बि. ले गरेका छन् । यस्तै उक्त गीतको संगीत संयोजन सुदिप सागरले गरेका हुन् । भिडियो निर्देशन चर्चित निर्देशक मौसम हिमालीले गरेका छन् भने उक्त गीतमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेको नित्य तथा अभिनय रहेको छ । उक्त गतिमा छायांकन तथा भिडियो सम्पादन नवराज उप्रेतीले गरेका छन् ।
चेतन गोतामे युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण भएका परिर्वतनका बारेमा ब्याख्या गरिएको छ ।
