क्रिकेटर लामिछानेमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थपियो

६ कार्तिक २०७९, आईतवार १२:४०

जिल्ला अदालत काठमाडौंले प्रहरीलाई बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिन समय दिएको छ ।
पहिले थपिएको चार दिनको म्याद सकिएपछि जिल्ला अदालतमा प्रहरीले आज लामिछानेलाई उपस्थित गराएको थियो । प्रहरीलाई लामिछानेमाथि अनुसन्धान गर्न अदालतले आज दुई दिनको म्याद थपेको हो।

असोज २४ गते असोज २४ गते २० गतेबाट गतेबाट गणना हुने गरी ७ दिनको म्याद जिल्ला अदालत काठमाडौंले दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।

लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा गत भदौ २१ मा एक नाबालिगले प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर सन्दीपले बलात्कार गरेको उनको उजरीमा उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।