नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या दिनप्रति दिन बढ्ने क्रम जारी रहेको छ ।
यसैक्रममा विहीबार विभिन्न पार्टी परित्याग ५० जना कार्यकर्ता एमाले प्रवेश गरेका छन् । काठमाडौं क्षेत्र नं ४ का सफल ब्यबसायी नेपाली काँग्रेस निकट प्रेम अग्रवाल, भक्तपुर बालकोटका काँग्रेस नेता चन्द्र श्रेष्ठ सहित ३५ जना र सिरुटारका नेकपा एसका नेता स्थानीय तहको निर्वाचनका वार्ड अध्यक्षका उम्मेद्वार मिलन थापा सहित १५ जना नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गरेका उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले खादा र अविर लगाए पार्टीमा स्वागत गरेका थिए ।

