नेपाली कांग्रेस एउटा पार्टी नभई तीन वटा पार्टी भएको नेकपा (माओवादी केन्द) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।
बुधबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) सम्र्पक समन्व प्रदेश समिति द्धारा आयोेजित राजनीतिक – वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा श्रेष्ठले बताएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले भने “अहिलेको यो गठबन्धन चार पार्टीको गठबन्धन होइन छ पार्टीको जस्तो लाग्छ हामलाई किन छ पार्टी ? भन्दा खेरी यही बीचमा चुनाको बाँडफाडको बारेमा महिनौ – महिनौ छलफल गर्नु पर्यो । छलफल गरेर सहमति भएको पनि कतिपय सित सुनिश्चत छैन । किनभने कांग्रेस एउटा पार्टी होइन कहिलेकांही तीनवटा पार्टी लाग्छ । त्यसरी ६ पार्टीसंग वार्ता हुन्छ हाम्रो, शेरबहादुर जी भन्नु हुन्छ । मैले भनेर हुन्न के रामचन्द्र पौडेललाई भन्नु पर्छ । फेरी अर्काे पटक आउछ त्यो शेखर र गगनले भन्नु पर्छ के उहाँहरुसंग कुरा गर्नुपर्छ ।”
चुनावी तालमेल गर्न महिनौ– महिनौ लागेपनि अन्ततः आधारभूत रुपमा सित बाँडफाँड र तालमेलमा सहमति भएका हुँदा खुशी लागेको उनले बताए । त्यस्तै अध्यक्ष प्रचण्डले गोर्खाबाट चुनाव लड्नुको तीन वटा कारण भएको पनि बताएका छन् ।
