एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ

१ कार्तिक २०७९, मंगलवार २१:४४

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

एमाले नेता तथा झापा ५ क का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकी र ज्वरो आएको बताए ।

रुघाखोकीको र ज्वरो आएरका कारण आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुननसेको र आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुने कार्कीले बताए ।

मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओली बिहीबारसम्म झापामा बस्ने स्रोतले जनाएको छ।