गठबन्धनका साझा उम्मेदवार जगत सिंखडाविरुद्ध धादिङ क्षेत्र नं. २ (ख) बाट बागी उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिइएकी छन् ।
उनले गठबन्धन गरेर जानुपर्ने पार्टीको बाध्यतालाई आत्मसात गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय पारेको मंगलबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन् । सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा धादिङ क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बनेका छन् । सिंखडा ७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
गठबन्धनको बाध्यतालाई आत्मसात गरेर उम्मेदवारी फिर्ता लिएको र उम्मेदवारी चयन प्रक्रियामा अन्याय भएकोले स्वतन्त्र उम्मेदवारी दर्ता गराए पनि पाण्डे विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
