सत्ता गठबन्धनमा रहेका पार्टीहरुले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई छानविन गरी कारवाही गर्ने भएका छन् । गठबन्धनको बैठक सोमबार दिउँसो बागी उम्मेदवारबारे छलफल गर्नका लागि बोलाइएको छ ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गठबन्धनको बैठक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बोलाएको जानकारी दिए ।
प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुने उनले बाताए।
