नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ११० मिटर पुरुष हर्डल्सको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले जितेका छन् ।
सोमबार भएको एथलेटिक्सको ११० मिटर पुरुष हर्डल्स खेलमा जीवनले निर्धारित दुरी १५ः०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । यस्तै यसअघि आर्मीकि जयरानी थारुले १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेकी थिइन् ।
पोखरा रंगशालामा पुलिसका चन्द्रदेव जोशीले १५ः ८१ सेकेन्डसहित रजत जित्दा कास्य जितेका आर्मीका राम प्रसाद थारुले १६ः०० सेकेन्डको समय निकाले थिए।
