धेरै पहिलेदेखि नै हँसिया हथौडा र रुख चिन्ह एक बनाइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
एकले अर्कोसँग सहकार्य गरी सकेकाले एकले अर्कोलाई भोट हाले सरह भएको काठमाडौं क्षेत्र नम्बर २ उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषण कार्यक्रममा बोल्दै प्रचण्डले टिप्पणी गरे ।
‘अहिले निर्वाचन चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु । हँसिया हथौडाले रुखलाई कसरी भोट हाल्ने ? रुखले हँसिया हथौडालाई कसरी भोट हाल्ने ? या रुखले कलमलाई कसरी भोट हाल्ने ? कलमले रुखलाई कसरी भोट हाल्ने भन्ने जस्ता प्रश्न यताकदा सुनिन्छ’ प्रचण्डले भने, ‘मैले के कुरामा ध्यानाकषर्ण गराउन चाहन्छु भने हामीले धेरै पहिलेदेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका हौं ।
२०४६ सालको आन्दोलनमा कांग्रेस र कम्युनिस्ट पार्टीको झण्डालाई साची राखेर आन्दोलनको आधि हुरी चलायौँ । त्यति बेलादेखि नै हँसिया हथौडा र रुख एक ठाउँमा भएका हौं ।’ शान्ति सम्झौता गर्नेक्रममा समेत हँसिया हथौडा र रुख एक ठाउँमा आएर सहकार्य गरेर भोट हाले सरह भइसकेको प्रचण्डले बताए ।
प्रचण्डले उक्त कार्यक्रममा भने ‘जति बेला हामीले शान्ति सम्झौता गरियौँ । सात राजनीतिक दलका तर्फबाट तत्कालीन कांग्रेस सभापति गिरिराजप्रसाद कोइराला विद्रोहीको तर्फबाट माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो । गिरिराज प्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाए जस्तै हो’।
