प्याराग्लाइडिङ खस्दा २६ वर्षीय थापाको निधन

३० आश्विन २०७९, आईतवार १४:५९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ सभागी भएका खेलाडीको आकाशबाट खस्दा निधन भएको छ।

प्याराग्लाइडिङ आकाशबाट खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको निधन भएको हो । थापाले प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा प्याराग्लाइडिङ खस्दा थापाको निधन भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

पोखरा १० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।