शताब्दी पुरूषको योगदान राज्यले सधै सम्झिरहनेछ: प्रधानमन्त्री देउवा

३० आश्विन २०७९, आईतवार १२:०१

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट निकै दुःखी भएको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ ।’प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्,।

प्रधानमन्त्री देउवाले जोशीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत लामो समयदेखि पीडित थिए ।