शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाए: ओली

३० आश्विन २०७९, आईतवार ११:३४

सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’ ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो । प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत लामो समयदेखि पीडित थिए ।