शताब्दी पुरुषको निधनबाट पीडाबोध भएको छ: राष्ट्रपति

३० आश्विन २०७९, आईतवार १०:२८

वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । प्रोटेस्ट तथा मुटुको समस्याबाट जोशी विगत लामो समयदेखि पीडित थिए ।