स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित

२६ आश्विन २०७९, बुधबार १२:१५

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

मनाङको प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे लामा गुरूङले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

दोर्जेले आफ्नो उम्मेदवारी फिर्ता लिन बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्। उनको उम्मेदवारी फिर्तासँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।