
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए ।
