केपी ओलीले दर्ता गराए उमेदवारी

२३ आश्विन २०७९, आईतवार १३:१०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् ।

ओलीले झापा क्षेत्र नम्बर ५ बाट उमेदवारी दिएका हुन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् ।

ओली अघिल्लो निर्वाचनमा पनि झापा ५ बाटै निर्वाचित भएका थिए ।