उम्मेदवारी दर्ताअघि प्रचण्डसँगै बाबुराम र नारायणकाजीको संयुक्त तस्बिर

२३ आश्विन २०७९, आईतवार १३:०३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ता गर्न गोरखा हिँडेका छन् । अध्यक्ष प्रचण्डले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादीका तर्फबाट उम्मेदवारी दर्ता गर्दैछन् ।

उम्मेदवारी दर्ताका लागि प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सँगै जाने भएका हुन् । उम्मेदवारी दर्ता गर्न जानुअघि डा.भट्टराईले प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठसँगै बसेको ‘मनोनयन दर्ता गर्न गोरखा जाँदै !’ भनेर तस्विर