दश भाइले माफि नमागे टिकट नदिने: खडक प्रसाद ओली

१२ आश्विन २०७९, बुधबार १५:१०

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेता’’bout ओलीले आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

‘त्यस्तो त होइन, तर विगतमा कोही कसैबाट अनुशासन उल्लंघन भएको छ भने आत्मालोचना गर्दै पार्टी नीति, विधान, निर्देशन पाल्ना गर्दै आगाडि बढ्नुपर्छ । म पार्टीको विधान, नीति, निर्देशन मान्दिन भन्न पाइँदैन । हामी सबैले त्यो पालना गर्नुपर्छ’ थापाले भने ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, पूर्वउपाध्यक्ष भीम रावलसहितका नेता विगतमा माधव नेपाल समूहमा भए पनि अहिले एमालेमै छन् ।

एमाले विभाजन गरेर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । तर, ती नेताले नेपाललाई विगतमा साथ दिए पनि विभाजनको बेला एमाले नै रोजेका थिए । तीमध्ये पन्त समानुपातिकतर्फको बन्द सूचीमा परेका छन् । रावल अछाम १ बाट एकल उम्मेदवारका रूपमा तल्लो कमिटीबाटै सिफारिस भएका छन् ।

तर रावल गत वर्ष चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा पराजित भएका रावल पछिल्लो समय ओलीसँग भेटघाट वा छलफलमा छैनन् ।

अध्यक्ष ओलीले पार्टीका तर्फका आगामी निर्वाचनका लागि उम्मेदवार’दयगत औपचारिक निर्णय गर्नुभन्दा अघि आत्मालोचना गराउन खोजेका छन् । रावल एकल उम्मेदवार सिफारिस भएपछि चासो व्यक्त गर्दै ओलीले एक महिलासहित तीन जनाको नाम सिफारिस हुनुपर्नेमा रावल किन एकल उम्मेदवार भए भन्दै आफू निकटका नेतासँग आक्रोस व्यक्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरासहितका नेतासँगको भेटघाटमा अध्यक्ष ओलीले रावलको सिफारिस’’bout  चासो व्यक्त गर्दै रावलको सिफारिस एकल किन भयो भन्ने प्रश्न गरेका छन् ।

एमाले र लोसपाबीच छलफल यसैबीच एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच आगामी निर्वाचनमा हुने चुनावी तालमेल र सिट बाँडफाँट’’bout  छलफल भएको छ । मंगलबार काठमाडौंमा भएको छलफलमा प्रारम्भिक चरणको कुराकानी भएको र थप छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, लोसपाका तर्फबाट वरिष्ठ नेता राजेन्द्र महतो छलफलमा सहभागी थिए । दुवैतर्फबाट वार्ता टोली निर्माण भए पनि वार्ता टोलीमा रहेका सबै नेता छलफलमा सहभागी भएनन् । यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।