आगामी मंसिर ४ गते हुने चुनावलाई लडाइँको रूपमा लिन नेता कार्यकर्तालाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आग्रह गरेका छन् ।
राष्ट्रिय खेलकुद महासंघले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यसपालिको चुनावलाई लडाइँको रूपमा लिन नेता कार्यकर्तालाई पोखरेलले आग्रह गरेका हुन् । ‘यस पटकको निर्वाचनलाई केवल निर्वाचन मात्रै ठान्नु हुँदैन, यस पटकको निर्वाचन लडाइँको रूपमा हाम्रो अगाडि छ, यो लडाइँ, जुन लडाइँमा हामीले जित्नै पर्छ ।’ पोखरेलले भने ।
यस पटकको दशैँको तयारी साथै निर्वाचनको पनि तयारी गर्नु पर्ने कार्यक्रममा बोल्दै पोखरेलले बताए। यसपालि देशको राजनीतिक निर्वाचनमा एकातिर गठबन्धन र अर्को तिर एमाले उभिएको उनले बताए ।
गठबन्धनसँग देश र एमाले सिद्धाउने षडयन्त्रकारीहरू रहेका र एमालेको वरिपरि देश बनाउनु पर्छ र राष्ट्र जोगाउनुपर्छ भन्नेहरू गोलबद्ध भएको उनले टिप्पणी गरे ।
