सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा गठबन्धन बैठक जारी

१२ आश्विन २०७९, बुधबार १०:४१

आउदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँटको टुङ्गो लगाउन बैठक बसिरहेको छ।

पाँच दलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिहान ९ बजेबाट सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा )एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताले सहभागिता जनाएका छन्।