पाँच दलीय सत्ता गठबन्धनभित्र काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा सिट बाँडफाँट पेचिलो बनेको छ ।
काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाबी राखेको हो। बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बालुवाटार बोलाएका थिए । एकल सरकार गठन हुने हिसाब–किताबका साथ कांग्रेसले बागमती प्रदेशमा सिट बाँडफाँटको नीति लिएको छ ।
काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट नपाएको कार्यदलका एक सदस्यका बताए । यस्तै कांग्रेसले एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने तयारी गरेको छ । ०७४ को निर्वाचनमा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो ।
