निर्वाचन नजिकिदै गर्दा एमाले प्रवेश गर्नेहरुको लहर बढ्यो

११ आश्विन २०७९, मंगलवार १२:०६

प्रदेश सभा र प्रतिनिधी सभको निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी परित्यागेर एमालेमा प्रवेश गर्नेहरुको लहर बढेको छ।

सर्वसाधरण कार्यकर्ता मात्र होइन साँसद,केन्द्रीय र प्रदेशका सदस्य र जिल्लाकै नेतृत्व पार्टी त्यागेर एमालेमा समाहित भइरहेका छन् ।
एमाले प्रवेश गर्ने क्रममा अछाम जिल्लाका नेकपा एसका जिल्ला अध्यक्ष हिरेण्ड भट्टराई एमाले प्रवेश गरेका छन्। गए राती बालकोटमा अध्यक्ष केपी शर्मा ओली,सुदुरपश्चिम इन्चार्ज एवं पार्टी सचिव लेखराज भट्ट लगायतले उनलाई एमालेमा स्वागत गरेका हुन्।

एमालेले क्षमताका आधारमा नव प्रवेशीहरुलाई जिम्मेवारी दिने अध्यक्ष ओलीले बताएका छन्। उनले सबैलाई निर्वाचनमा एमालेलाई जिताउने माहोल बनाउन पनि आग्रह गरेका छन्।