नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताएका छन् ।
कांग्रेसका नेता घिमिरेले पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका हुन। शेखर कोइराला पक्षका घिमिरेले भने ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । कांग्रेसमै रहेर प्रचण्ड विरुद्ध उम्मेदवार हुने कुरा भएन।’
आफ्नो समूह रहेको शेखर पक्षको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार भएको घिमिरेले दाबी गरेका छन्। ‘४० भनेर ४० प्रतिशत नै हुनुपर्छ भन्ने होइन, न्यायोचित हुनुपर्यो, त्यसमा ४÷५ प्रतिशत तलमाथि हुनसक्छ । तर, न्यायोचित हुनुपर्छ ।’ शेखर पक्षका घिमिरेले भने ।
