आगामी मंसिर ४ मा हुने निर्वाचनमा बैतडीबाट प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसले अडान राखेको छ।
प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले निष्कर्ष निकालेको हो।
जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले गरेको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।
जिल्ला सचिव जोशीका अनुसार संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।
यस्तै महिला, खस(आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो।
