नेकपा एमाले परित्याग गरि चितवनका स्थापित उद्यमी विजय घले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रमा प्रवेश गरेका घलेलाई आज भरतपुरमा एक कार्यक्रमकासाथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन्। एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु घलेसहित सोही कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा माओवादी केन्द्रमा गर्नेहरू विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरू पनि रहेका छन्।

