अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिको शुभकामना आदान–प्रदान सम्पन्न

९ आश्विन २०७९, आईतवार १७:१९

नेकपा माओवादी केन्द्र अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिले दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार काठमाडौको नयाँ बानेश्वर थापागाँउस्थित काठमाडौं बैक्युटमा नेकपा माओवादी केन्द्र अर्घाखाँची–काठमाडौं सम्पर्क समन्वय समितिले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव एवम् उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुुसाल, माओवादी केन्द्रका केन्द्रिय सचिव डिलाराम आर्चाय, सम्पर्क समन्वय समिति प्रदेश सदस्य श्रीधर खनाल, अर्घाखाँची जिल्ला इन्चार्ज सुशिला श्रीपाली, अर्घाखाँची जिल्ला सह– इन्चार्ज ठाकुर कुमार वि.क. मालारानी गाँउपालिका कमिटि अध्यक्ष पदम क्षेत्री भूमिकास्थान नगर कमिटि अध्यक्ष नरेन्द्रमान मुखिया लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थिए ।

उक्त कार्यक्रम विष्णु भाट क्षेत्रीको सञ्चालन र नारायण खनालले अध्यक्षतामा सम्पन्न भएको थियो ।