नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता दयाहाङ राई पुत्रलाभ भएको छ।
अभिनेता दयाहाङलाई दोस्रो सन्तानको रुपमा पत्नी बेनुकाले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
उनको पहिलो सन्तानका रुपमा १० वर्षका छोरा छन् । पहिलो सन्तान जन्मिएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् । छोरा भएपछि उनी सुटिङबाट अस्पताल पुगेका छन् ।
अभिनेता दयाहाङ र बेनुका २०६५ सालमा विवाह बन्धनमा बाडिएका थिए । दयाहाङ र बेनुकाको पहिलो सन्तानको रुपमा २०६९ सालमा छोराको जन्म भएको थियो । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् ।
